११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

धान आयात घटाउने सरकारी योजना पूरा गर्न कठिन




झापा–सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत धान आयातलाई ३० प्रतिशत कम गर्ने योजना पूरा गर्न कठिन हुने देखिएको छ  ।

बजेटमा धान, मकै, गहुँ, तरकारी र फलफूल आयातलाई ३० प्रतिशतले कम गर्ने गरी राखेको योजनामा धान आयात घटाउन भने सरकारलाई कठिन हुने देखिएको हो  ।

विगत पाँच वर्षदेखिको धान रोपाइँ र उत्पादनको अवस्था र आयातको दरलाई हेर्दा सरकार लक्ष्यसम्म पुग्न नसक्ने देखिएको नयाँ पत्रिकाले लेखेको छ ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा धान रोपाइँ ५ प्रतिशतका दरले कमी आएको छ । गत वर्ष ९७ प्रतिशत धान रोपाइँ भएको थियो ।

यसवर्ष साउनको अन्तिम साता लागिसक्दा समग्रमा ९२ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार ००:००  १२ : ०० बजे