१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

भारतबाट भित्रिएको दूध पाउडर बरामद




बिर्तामोड- भन्सार छलेर ल्याएको दूध पाउडर झापा प्रहरीले आज दिउँसो बरामद गरेको छ । नेपाल भारत सीमाको मेचीनगर–७ बाट प्रहरीले २०० किलो दूध पाउडर बरामद गरेको हो ।

डीएसपी बसन्त पाठकले चेकजाँचका क्रममा भारतबाट अवैधरुपमा ल्याइएको एकलाख मूल्य बराबरको दूध पाउडर बरामद गरिएको बताए । उनका अनुसार आजै प्रहरीले भारतर्फ लैजान लागिएको ३० किलो सुपारी पनि बरामद गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार ००:००  ९ : ३४ बजे