७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बिर्तामोडको पिके फाइनान्सियल एकाडेमीमा चार्टर्ड एकाउन्टेन्ट्सको पढाई



झापा– लेखा व्यवसाय अध्ययन गर्न चाहने विद्यार्थीले अब झापाको बिर्तामोडमा चार्टर्ड एकाउन्टेन्ट्स  पढ्ने अवसर पाउने भएका छन् ।

बिर्तामोडको पिके फाइनान्सियल एकाडेमीले झापा, इलाम, पाँचथर र ताप्लेजुङका विद्यार्थीको सहजताका लागि यस्तो अवसर जुटाएको हो ।

एकाडेमीले अहिले एसीसीएका कक्षा सञ्चालन गर्दै आएको छ । सञ्चालनको प्रारम्भिक चरणमा चार जना विद्यार्थी एसीसीएको कक्षामा भर्ना भएका छन् ।

लेखा व्यवसायप्रति विद्यार्थीको आकर्षण बढ्दै गइरहेका बेला पिके फाइनान्सियल एकाडेमीले उच्च शिक्षामा चार्टर्ड एकाउन्टेन्टस्को पढाई सुरु गरेको हो ।

सेमिनार आयोजना
बिर्तामोड– पिके फाइनान्सियल एकाडेमीले साउन २८ गते झापाको बिर्तामोडस्थित सिटीसेन्टरमा सेमिनार आयोजना गर्ने भएको छ । लेखा व्यवसाय अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरेर एकाडेमीले सेमिनार आयोजना गरेको अध्यक्ष गंगाराम बस्नेतले बताए ।

झापा र इलामका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थी र तिनका अभिभावकलाई कार्यक्रममा आमन्त्रण गरिएको छ । कार्यक्रममा चार्टर्ड एकाउन्टेन्टस् र एसीसीएका विषयमा सहभागीले जानकारी हासिल गर्न सक्नेछन् ।

चार्टर्ड एकाउन्टेन्टसको कोर्षअघि विद्यार्थीले एसीसीएको कोर्ष पूरा गर्छन् । नेपालमा एसीसीए कक्षा सञ्चालनका लागि ११ वटा स्वीकृत प्राप्त सिकाई केन्द्र छन् ।

तीमध्ये झापामा पहिलो सिकाई केन्द्र सञ्चालनमा आएको पिके फाइनान्सियल एकाडेमीका अध्यक्ष गंगाराम बस्नेतले बताए । बस्नेत आफैँ चार्टर्ट एकााउन्टेन्टस् हुन् । लामो समयदेखि उनी अध्यापनको क्षेत्रमा पनि संलग्न छन् ।

लेखा व्यवसायका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेर पिके फाइनान्सियलले एसीसीए कक्षा सञ्चालनमा ल्याएको अध्यक्ष बस्नेतले बताए ।

व्यापार बढ्नु भनेको फाइनान्स, ट्याक्स र एकाउन्टेन्टस् एक्सपोर्टको माग बढ्नु हो, अध्यक्ष बस्नेतले भने, त्यसका लागि चाहिने दक्ष जनशक्ति उत्पादनको खाँचो छ ।

बिर्तामोडमा एसीसीए पढ्दै आएका इलाम माइ नगरपालिका ४ का सागर ढुंगाना घरको भात खाएर पढ्न पाउँदा दंग छन् । एसीसीए पढ्न बाहिर जानु पर्ने बाध्यता हटेको उनले सुनाए ।

बिर्तामोडको देवी माविबाट १२ कक्षा उर्तीण गरेपछि एमबीबीएस पढ्ने तयारीमा लागेकी बिर्तामोड ३ की कृति श्रेष्ठले अचानक आफ्नो योजना परिवर्तन गरिन् ।

सिएको बढ्दो माग, लेखा व्यवसायमा आवश्यक परेको जनशक्ति र कमाईका कारण उनको सोच बदलिएको हो । उनी भविष्यमा राम्रो सिए बन्ने लक्ष्य राखेर पढिरहेकी छन् ।

पिके फाइनान्सियल एकाडेमीका प्रवन्ध निर्देशक प्रज्वल अधिकारीका अनुसार एसीसीए अध्ययनरत विद्यार्थीले तीन लेवलमा १२ वटा विषय उर्तीण गर्नु पर्छ । उनीहरुको परीक्षा एसीसीए ग्लोवलले लिन्छ ।

विश्वका १४८ देशमा एसीसीएले मान्यता पाएको छ , अधिकारीले भने , यहाँ पढिरहेका विद्यार्थीले अनलाइनमार्फत परीक्षा दिन पाउँछन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार ००:००  १ : १३ बजे