१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

झापा मालपोतले उठायो ८३ करोड राजस्व




भद्रपुर- मालपोत कार्यालय झापाले गत आर्थिक वर्षमा ८३ करोड २८ रुपैयाँ राजस्व उठाएको छ । जग्गा खरिद बिक्रीबाट मालपोतले उक्त राजस्व असुली गरेको हो ।

मालपोत कार्यालयका सूचना अधिकारी दीपेन्द्र खत्रीले १० वटा स्थानीय तहका सेवाग्राहीबाट उक्त रकम असुली भएको बताए । कार्यालयले बिर्तामोड नगरपालिकाका सेवाग्राहीबाट सबै भन्दाबढी २० करोड ४५ लाख राजस्व उठाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार ००:००  १० : ०५ बजे