८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बिर्तामोडका किसानलाई स्यालो ट्युववेल जोड्न सहाराको सहयोग



बिर्तामोड- सहारा नेपालले बिर्तामोडका ५० जना किसानलाई स्यालो ट्युबवेलका लागि शनिवार ४० हजार रुपैयाँका दरले रकम वितरण गरेको छ ।

बिर्तामोड नगरपालिकासँगको साझेदारीमा साना सिंचाई कार्यक्रम अन्तर्गत सहारा बचत तथा ऋण सहकारी संस्थाले उक्त रकम वितरण गरेको हो ।

सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले नगरसँग विपन्न आवास, कृषि, पशुपंक्षी र शिक्षाको क्षेत्रमा साझेदारीका कार्यक्रम सञ्चालन हुँदै आएको बताए ।

बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले सहारा नेपालसँगको साझेदारीमा तीन वर्षमा १५० वटा स्यालो ट्युबवेल वितरण गरिएको जानकारी दिए ।

पाँच वर्षको अवधिमा बिर्तामोड नगरपालिकाले ६३७ वटा स्यालो ट्युबवेल वितरण गरेको छ । वितरण गरिएका ट्युबवेलबाट करिब दुई हजार विघा जमिनमा सिँचाई पुगेको छ ।

सहारा नेपाल साकोसका प्रथम उपाध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा आयोजित रकम हस्तान्तरण कार्यक्रममा द्वितिय उपाध्यक्ष ज्ञानुनाथ मैनाली, सञ्चालक समिति सदस्य शंकरप्रसाद रिजाल, लक्ष्मी आचार्य, गुहेश्वरी कार्की, कृषि प्राविधिक सुजित साह लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार ००:००  २ : ३० बजे