- झापामा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी
- नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल
- प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
- दुई थान पेस्तोलसहित सप्तरीबाट दुई युवक पक्राउ
- झापाको दुर्गापुरमा महापुराणको तयारी
झापा- भारतले आजदेखि एक पटक प्रयोग गर्न मिल्ने प्लाष्टिकमाथि प्रतिबन्ध लगाएको छ । भारतको केन्द्रीय पर्यावरण मन्त्रालयले प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
सरकारी यो निर्णयपछि दैनिक प्रयोगमा आउने प्लाष्टिकबाट बनेका कैयौं सामग्रीको बिक्री तथा प्रयोग गर्न बन्देज लागेको छ । मन्त्रालयले प्रतिवन्ध लगाइएका २० वटा सामग्रीको सूची जारी गरेको छ ।
जसमा ७५ म्याक्रोन भन्दा तलका प्लाष्टिकका झोलाहरु, प्लाष्टिकको डण्डी भएका इअरवड, हट एअर बलुनको डण्डी, प्लाष्टिकका झण्डा, क्याण्डी तथा आइसक्रिम स्टिक रहेका छन् ।
नियमको उल्लंघन गर्नेहरु विरुद्ध कैद सजाय तथा जरिवाना गर्ने पनि भारत सरकारले चेतावनी दिएको छ । राज्य सरकारलाई यस्ता सामग्रीको उत्पादन, बिक्री वितरण र प्रयोगमा बन्देज लगाउन तथा सुक्ष्म निगरानी राख्न भनिएको छ ।