- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामाेड– संघीय लिम्बुवान पार्टी नेपालले प्रदेश-१ को नाम ‘लिम्बुवान’ हुनुपर्ने माग दोहोर्याएको छ । आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी उक्त पार्टीले प्रदेशको नामकरण बारे आफ्नो धारणा राखेको हो ।
अहिलेसम्म प्रदेश १ सरकारले आफ्नो नाम टुंगो लगाउन नसकेकाे बेला लिम्बुवान पार्टी नेपालले अलमल नगरी प्रदेशको नाम लिम्बुवान राख्नुपर्ने माग गरेको हो ।
पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङवाले सरकारले आफूहरुसँग पटक-पटक गरेको सहमतिअनुसार प्रदेशको नाम लिम्बुवान राख्नुपर्ने बताए ।
अध्यक्ष पालुङ्वाले लिम्बूवान स्वायत्त राज्य प्राप्तिको आन्दोलनकाे भावना विपरीत प्रदेशकाे नामाङ्कन गरिए विद्रोह गर्ने चेतावनी दिए ।
‘लिम्बुवानी जनताको मर्म र भावनाविपरीत राखिने कुनै पनि नाम हाम्रो पार्टीलाई स्वीकार्य छैन्’ अध्यक्ष पालुङवाले भने, ‘हामी त्यसविरुद्ध सशक्त प्रतिरोधमा उत्रिने छौँ । यसमा राज्यले महङ्गो मूल्य चुकाउनु पर्छ।’
लिम्बुवान कुनै जातिय पहिचानमा मात्रै आधारित नभएको जनाउँदै पार्टीका सर्वमान्य नेता बीर नेम्वाङले यो सभ्यतासँग जोडिएकाले प्रदेशको नाम लिम्बुवान राखिनु पर्नेमा आफूले जोड दिएको बताए ।
प्रदेशका सबै राजनीतिक दलहरु, नेता तथा सांसदहरूलाई लिम्बूवान आन्दोलनकाे संवेदनशीलताप्रति नजर अन्दाज नगर्न नेम्वाङले चेतावनी दिए । ‘हामीले हचुवाका भरमा लिम्बूवान स्वायत्तता मागेका छैनाैँ, नेम्वाङले भने ।

पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष भीम खत्री, निश्चलता लावती, मित्र लिङ्देन, महासचिव लासिम पालुङ्वा, कोषाध्यक्ष एलवी पालुङ्वा लगायत दर्जनबढी नेताको सहभागिता रहेको थियो ।