- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड- झापाको मेचीनगर नगरपालिकास्थित धुलाबारीमा होटल इस्टर्न नेपाल प्रालिले पाँच तारेस्तरको होटल सञ्चालनमा ल्याउने भएको छ । आगामी वर्षबाट होटल सञ्चालनमा आउने प्रालिले जनाएको हो ।
अप्रिल २०२२ सम्म होटल निर्माणको ७७ प्रतिशत काम सकिएको छ । होटलको अध्यक्ष दीपक खड्का हुन् । होटल चन्द्रगढी एयरपोर्टबाट नौ किलोमिटरको दूरीमा छ ।
हाल निर्माणाधीन अवस्थामा रहेको उक्त होटल १८ रोपनी सात आनामा रहनेछ । यसमध्ये दुई रोपनी तीन आनामा क्यासिनो र एक रोपनी सात आनामा ब्याङ्क्वेट निर्माण हुँदैछ ।
९३ करोड ४० लाख रुपैयाँ अनुमानित लागतमा बन्ने उक्त होटलमा स्वीट र डिलक्स गरेर कुल ८७ कोठा रहने रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ ।