- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
- सत्ता सहकार्यको सहमति : तीन प्रदेश एमाले र दुई प्रदेशमा माओवादी नेतृत्वमा सरकार
झापा- बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० को बजेट प्रस्तुत गरेको छ ।
मेयर पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार दोस्रो नगर सभाको पहिलो अधिवेशनमा उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले उक्त वजेट प्रस्ताव गरेका हुन् ।
अधिवेशनमा नगरप्रुमख प्रसाईले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । नगर सभामा विधेयक समिति संयोजक तथा कार्यपालिका सदस्य शर्मिला राजवंशीले सहकारी विधेयक, नगर शिक्षा विधेयक र कर तथा गैरकर राजस्व सम्बन्धी विधेयक पेश गरेकी छन् ।
विधेयकमाथि असार २२ गते बस्ने सभामा छलफल गर्ने मेयर प्रसाईले बताइन् । अधिवेशनमा प्रदेश सांसद एकराज कार्की र जसमाया गजमेरको आतिथ्य रहेको थियो ।


















