- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
झापा- बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० को बजेट प्रस्तुत गरेको छ ।
मेयर पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार दोस्रो नगर सभाको पहिलो अधिवेशनमा उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले उक्त वजेट प्रस्ताव गरेका हुन् ।
अधिवेशनमा नगरप्रुमख प्रसाईले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । नगर सभामा विधेयक समिति संयोजक तथा कार्यपालिका सदस्य शर्मिला राजवंशीले सहकारी विधेयक, नगर शिक्षा विधेयक र कर तथा गैरकर राजस्व सम्बन्धी विधेयक पेश गरेकी छन् ।
विधेयकमाथि असार २२ गते बस्ने सभामा छलफल गर्ने मेयर प्रसाईले बताइन् । अधिवेशनमा प्रदेश सांसद एकराज कार्की र जसमाया गजमेरको आतिथ्य रहेको थियो ।