- सर्वोच्चद्वारा निर्वाचन आयोगको निर्णय सदर : गगन समूहलाई आधिकारिकता
- शनिबार र आइतबार अस्पतालमा सार्वजनिक बिदा
- भर्ना र पठनपाठन आफ्नै निर्णय अनुसार गर्न स्थानीय तहलाई सर्कुलर
- बिर्तामोड चिल्ड्रेन अस्पतालमा बैशाख ७ देखि निःशुल्क स्वास्थ्य शिविर
- रास्वपाले मन्त्री र सांसदका लागि मासिक लेबी तोक्यो
झापा- बजेट पुनरावलोकनको माग गर्दै विराटनगरका उद्योगी व्यवसायी र मजदुर संगठनले शुक्रबार आन्तरिक राजस्व कार्यालय घेराउ गरेका छन् ।
बजेटमा देखिएका त्रुटी सच्याउनु पर्ने मागसहित उद्योगी व्यवसायी र मजदुर संगठनले संयुक्तरुपमा कार्यालय घेराउ गरेका हुन् ।
आगामी आर्थिक वर्षका लागि संघीय सरकारले ल्याएको वार्षिक बजेटमा गरिएका केही व्यवस्थाले स्वदेशी जिआई वायर, वनस्पति घ्यु तेल र सेनिटरी प्याड लगायतका उद्योगहरु धरासायी बन्ने उद्योगीको दावी छ ।
भन्सार महशुल र अन्तःशुल्कमा तोकिएको दरले सञ्चालक र मजदुर समेत विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै उनीहरुले यसअघि पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।
















