२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

पोखरामा मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल



पोखरा– पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपणको पहिलो चिकित्सकीय प्रयासले बिहीवार सफलता प्राप्त गरेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको हो ।

अस्पतालका अनुसार कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका–७ निवासी ५१ वर्षिया महिलामा मिर्गौला प्रत्यारोपण गरिएको छ ।

ती महिलालाई उनका ५३ वर्षिय श्रीमान्ले मिर्गौला दान गरेपछि प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ००:००  २ : ३१ बजे