१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

समाजवादीका मन्त्रीहरू भन्छन्, ‘हामीलाई अपराधीको व्यवहार गरियो’




झापा- नेकपा एकीकृत समाजवादीका चारजना मन्त्रीसहित दशजना सांसदहरूले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णयप्रति असहमति जनाएका छन् । उनीहरूले संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले आफूहरूलाई ‘अपराधीजस्तो व्यवहार गरिएको’ भनेर त्यो निर्णयमा गम्भीर असहमति जनाएका हुन् । यसअघि पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ००:००  २ : १३ बजे