- ग्रीन फिल्डमा एआई-रोबोटिक्स ल्याब : शिक्षालाई आधुनिक प्रविधिसँग जोड्ने अभियान
- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
झापा– सत्तारुढ दल नेपाली कांग्रेसमा केन्द्रीय सभापति र केन्द्रीय कार्य समितिले गर्नुपर्ने करिब १५ सय पद रिक्त छन् ।
तर, सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस्ता पदमा नेता कार्यकर्तालाई जिम्मेवारी दिन अग्रसरता देखाएका छैनन् ।
विभिन्न विषयगत विभाग र समितिहरूमा समयमा मनोनयन नहुँदा कांग्रेसको पार्टी संरचनाले काम गर्न सकेको छैन् ।
१४ औँ महाधिवेशनपछि पनि सभापति देउवाले पार्टीको विधानबमोजिम पार्टी संगठनलाई चुस्तदुरुस्त सञ्चालन गर्न रुचि देखाएका छैनन् ।


















