१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

वाणिज्य सङ्घका पदाधिकारी ६ घन्टापछि रिहा



बिर्तामोड– बिर्तामोड नगरपालिका अगाडि हुलहुज्जत गरेपछि पक्राउ परेका बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीसहित ११ जनालाई प्रहरीले छ घण्टापछि रिहा गरेको छ ।

बुधबारे हटियामा अनाधिकृत रुपमा बस्दै आएका व्यापारीलाई बिजुलीको मिटर माग गर्दै आन्दोलनरत उनीहरुलाई बिर्तामोड प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको थियो ।

डीएसपी रुगमबहादुर कुँवरका अनुसार पक्राउ परेकाहरुलाई वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की र कुमार भट्टराईको राेहवरमा रिहा गरिएको हाे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा भएको छलफलमा उनीहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरिएको एमाले झापाका अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो ।

छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय सरकार अधिकार सम्पन्न भएकाले सबै निर्णयको अधिकार नगरपालिकामा निहित भएको बताउनु भएको थियो ।

प्रजिअ रिजालले वार्ता र संवादको माध्यमबाट सहमति कायम गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले सबै सरोकारवालाहरू उत्तिकै गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार ००:००  ८ : ०७ बजे