- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
- सत्ता सहकार्यको सहमति : तीन प्रदेश एमाले र दुई प्रदेशमा माओवादी नेतृत्वमा सरकार
बिर्तामाेड– बिर्तामोड उद्योग वाणिज्य संघले पक्राउ परेका सङ्घका अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित ११ जनालाई विनाशर्त रिहा नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
सङ्घका महासचिव अर्जुन मैनाली र जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराईले आज प्रेस विज्ञप्ति निकालेर अध्यक्ष प्रकाश सिवाकोटी र वरिष्ठ उपाध्यक्ष राजु न्याैपानेसहित ११ जनालाई विनाशर्त रिहाईकाे माग गर्नु भएको हो ।
आन्दोलनकाे नाममा नगरपालिकाको गेट भत्काउन खोजेकाे भन्दै प्रहरीले अध्यक्ष शिवाकोटी र वरिष्ठ उपाध्यक्षसहित ११ जनालाई नियन्त्रणमा लिएको थियो ।
बिर्तामोड प्रहरीका डीएसपी रुगमबहादुर कुँवरका अनुसार पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
पक्राउ पर्नेमा सन्तोष उप्रेती, राधिका चुडाल, कल्पना पुरी, संगीता न्यौपाने, तुलसा तामाङ, निरु अधिकारी, एकता कडरिया विष्टलगायत छन् ।


















