- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
झापा- पूर्वका तीनवटा अस्पतालले स्वास्थ्य बीमा बन्द गर्ने भएका छन् । सरकारले बीमा वापतको रकम भुक्तानी नदिएको भन्दै उनीहरुले असार तेस्रो सातादेखि सेवा बन्द गर्ने भएका हुन् ।
स्वास्थ्य बीमा बोर्डले तीनवटा अस्पताललाई अर्व रुपैयाँ भन्दाबढी भुक्तानी दिन बाँकी छ । वीएण्सी मेडिकल कलेज बिर्तामोड, नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेज विराटनगरले असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेका छन् ।
वीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले १७० पटक पत्र पठाउँदा पनि बोर्डले कुनै प्रतिक्रिया नदिएको बताउनु भयो । उहाँले अब सेवा बन्द गर्नुको विकल्प नभएको बताउनु भयो ।
बोर्डले बीएण्डसी मेडिकल कलेजलाई ४५ करोड भन्दाबढी रकम भुक्तानी गर्न बाँकी छ । त्यसैगरी नोबेल मेडिकल कलेजले ५४ करोड ३४ लाख रुपैयाँ पाउन बाँकी रहेको कलेजका व्यवस्थापन समिति सदस्य भीमबहादुर चन्दले बताउनुभयो ।
स्वास्थ्य बीमा बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई १० अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । हाल देशभर ४४० स्वास्थ्य संस्थाले बीमा कार्यक्रम लागू गरेका छन् । जसमध्ये ३४९ वटा प्रथम सेवा विन्दु र बाँकी ९४ ‘रिफरल’ संस्था छन् ।