• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. सहकारी
  3. विराट अर्जुन उपभोक्ता सहकारीद्वारा डिस्पोजेवल सामग्रीको होलसेल व्यापार सुरु
 विराट अर्जुन उपभोक्ता सहकारीद्वारा डिस्पोजेवल सामग्रीको होलसेल व्यापार सुरु
सहकारी

विराट अर्जुन उपभोक्ता सहकारीद्वारा डिस्पोजेवल सामग्रीको होलसेल व्यापार सुरु

by Speak ८ असार २०७९, बुधबार १२:४१
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बिर्तामोड– विराट अर्जुन उपभोक्ता सहकारी संंस्था लि.ले डिस्पोजेवल तथा सरसफाईका सामग्रीको होलसेल व्यापार सुरु गरेको छ । पुरानो भद्रपुर रोडको आदर्श व्यांक्वेट नजिक पसल राखेर सहकारीले होलसेल व्यापार सुरु गरेको हो ।

दैनिक प्रयोगमा आउने डिस्पोजेवल सामग्रीको व्यवसायिक कारोवार सुरु गरिएको र खरिदकर्ताले होलसेल मूल्यमा ती सामग्री पाउने संस्थाका अध्यक्ष नवीन खरेलले बताउनु भयो ।

सहकारीलाई बचत तथा ऋणको कारोवारमा मात्र केन्द्रीत नगरी व्यवसायिक क्षेत्रमा पनि सहभागी गराउँदै लैजाने नीति अनुसार होलसेल पसल सुरु गरिएको अध्यक्ष खरेलले जानकारी दिनुभयो ।

पसलको आज बिहान आयोजित कार्यक्रममा झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले उद्घाटन गर्नुभयो । उहाँले बिराट उपभोक्ता जस्ता सहकारीको व्यवसायिक प्रवद्र्धनका लागि स्थानीय तहले पनि निश्चित बजेट छुट्याउनु पर्ने बताउनु भयो ।

बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले उत्पादन र व्यवसायिक क्षेत्रमा सहकारी संस्थाले लगानी बढाउँदै लैजानु पर्ने बताउनु भयो ।

तीन खम्वे अर्थनीतिका आधारमा सहकारी एउटा खम्वा भएकोले उसको योगदान पनि विस्तारै फराकिलो हुनु पर्ने दाहालको धारणा छ ।

अधिकृत दाहालले प्रतिस्पर्धी बजारमा उपभोक्ताले सुलभ मूल्यमा पाउनु पर्ने र पसलमा मूल्यसूची अनिवार्य राख्ने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सुमन शर्मा जमरकट्टेल लगायतले बोल्नु भएको थियो ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.