- लीला अनमोललाई ‘मनोजबाबु ओली साहित्य पुरस्कार’
- झापा रक स्टारको ग्र्याण्ड फिनाले असार २६ गते
- अर्जुनधारामा दुई करोडको व्यावसायिक लन्ड्री उद्योग
- ड्रक्स खाएर बस चलाउने ५ जना चालक पक्राउ
- वित्तीय कारोवारमा सिम्रिक सहकारी उत्कृष्ट
बिर्तामोड– व्यवसायीको लगातारको आन्दोलनपछि बिर्तामोड नगरपालिकाले कृषिथोक उत्तर बुधबारे हटियाको वस्तुगत अवस्था अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
उपमेयर नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा कार्यपालिका बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा वडाध्यक्ष रोहित प्रसाई र पूर्व जनप्रतिनिधि गाेपी गिरी सदस्य हुनुहुन्छ ।
बुधबारे हटियाको समस्या र समाधानका उपायसहित कार्यदलले आगामी एक महिनाभित्र बजारको वस्तुगत अवस्था अध्ययन गरी प्रतिवेदन बुझाउने छ ।
कार्यदलको सहजताका लागि नगरपालिकाले अनारमनी गाविसका तत्कालीन अध्यक्ष हर्कलाल गिरी, लोकबन्धु कन्दङवा र पूर्वअध्यक्ष राजेन्द्रप्रसाद लिङदेन सम्मिलित सल्लाहकार समिति पनि गठन गरेको छ ।
कार्यपालिका बैठकले मेयर पवित्रा महतारा प्रसाईमाथि विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले गरेको अमर्यादित कार्यको निन्दा गरेको छ ।
अव उप्रान्त कतैबाट यस प्रकारका अराजक गतिविधि दोहोरिएमा कानुन अनुसार कार्वाही गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।


















