- ‘हामी आउँदैछौं’ अभियानमा रास्वपा, स्थानीय तह निर्वाचन लक्षित परिचालन
- चारपाने युनाइटेड सेमिफाइनलमा
- भोटेकोशी -त्रिशूलीको खोज तथा उद्धार स्थगि
- पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
- बाढीपीडितका लागि झापाका निजी विद्यालयले जुटाए १ करोड ८ लाख
झापा- अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन् ।
नेम्वाङले ४५ मत पाएका थिए भने पराजित भएका शेर्पाले ३९ मत ल्याएका थिए । अध्यक्षमा निर्वाचित नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, दुई महिलासहित १५ सदस्य गरी २१ सदस्यीय कार्य समितिको निर्वाचनमा वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका थिए।



















