- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
झापा- अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन् ।
नेम्वाङले ४५ मत पाएका थिए भने पराजित भएका शेर्पाले ३९ मत ल्याएका थिए । अध्यक्षमा निर्वाचित नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, दुई महिलासहित १५ सदस्य गरी २१ सदस्यीय कार्य समितिको निर्वाचनमा वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका थिए।
















