- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड- नेकपा एमाले बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाई र पार्टीका नगर कमिटी अध्यक्ष सुवास भट्टराईमाथि सर्वदलीय बैठकमा दुर्व्यवहार भएको भन्दै घटनाप्रति खेद व्यक्त गरेको छ ।
नगर कमिटीका सचिव शेखर कँडेलले आज साँझ विज्ञप्ति निकालेर घटनाप्रति खेद व्यक्त गर्नु भएको हो ।
व्यवसायीको मागका विषयमा छलफल भइरहँदा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले मेयर पवित्रा महतारा प्रसाईलाई दुर्व्यवहार गरेको र नगर अध्यक्ष भट्टराईलाई हातपात गरेको सचिव कँडेलले बताउनु भयो ।
उपाध्यक्ष न्यौपानेको नेतृत्वमा नगरपालिका कार्यालयमा तोडफोडको प्रयास समेत भएको एमालेको दावी छ । बुधवारे हटियाका व्यवसायीले बिजुलीको मिटर नपाएको झोकमा वाणिज्य संघले नगरपालिकालाई अल्टिमेटम दिने, नगरपालिका कार्यालय घेर्ने लगायतका काम गर्दै आएको थियो ।
एमालेले बुधवारे हटियाको जमिनमा व्यवसायिक भवन निर्माण गरी त्यही पसल व्यवसाय गर्दै आएका व्यवसायीलाई व्यवस्थापन गर्ने पक्षमा आफू रहेको पनि स्पष्ट पारेको छ ।
दाताबाट प्राप्त जग्गा हडप्ने मनसायबाट आन्दोलन अगाडि बढेको निष्कर्षसहित एमालेले संघको नाममा केही व्यक्ति अगाडि सरेर भइरहेको आन्दोलन र यसबाट हुने क्षतिको जिम्मेवार स्वयम् व्यक्ति हुनुपर्ने धारणा राखेको छ ।
संघका उपाध्यक्ष न्यौपानेले भने बादविवाद र चर्काचर्की भए पनि आफूले कसैलाई दुर्व्यवहार नगरेको जिकिर गरेका छन् । उनले सञ्चारमाध्यमले एकतर्फी रुपमा आफूलाई बद्नाम गर्ने गरी समाचार प्रकाशित गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।