- मृत्युपछि पनि खतिवडाको परोपकारी भावना जीवित
- झापामा ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
- झापाका किसान भारतीय खरबुजा सँगको अस्वस्थ प्रतिस्पर्धाले मारमा
- टेलिकमको तार चोर्ने दुई भारतीय नागरिक काँकडभिट्टाबाट पक्राउ
- मेचीनगरमा महिलाहरुलाई सीपमूलक तालिम
बिर्तामोड– नेपाल शिक्षक महासंघ नगर कार्य समिति बिर्तामोडले सेवा सुविधा बृद्धिको माग राख्दै नगरपालिकामा सोमवार १३ बूँदे ज्ञापत्रपत्र बुझाएको छ । नगरका विभिन्न विद्यालयमा क्रियाशील बालविकास शिक्षकहरुको सहभागितामा समितिले नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।
समितिले शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउनु पर्ने, विद्यार्थीलाई दिने गरिएको दिवा खाजाको रकम २५ रुपैयाँ कायम गर्नु पर्ने, सबै विद्यालयमा घेरावारा गर्नु पर्ने लगायतका माग अगाडि सारेको छ ।
विद्यालयका सहायक कर्मचारीलाई न्यूनतम् खरिदार सरहको सुविधा उपलब्ध गराउनु पर्ने, बाल शिक्षकहरुलाई सरकारको प्राथमिक तृतीय शिक्षक सरह सेवा सुविधा दिनु पर्ने, विद्यायल कर्मचारी र बालविकास शिक्षकको स्थायी दरबन्दी कायम गर्नुपर्ने लगायतका माग पनि समितिले राखेको छ ।

ज्ञापनपत्र बुझाउँदै समितिका अध्यक्ष युवराज कट्टेल र उमानाथ भण्डारीले शैक्षिक गुणस्तर सुधार गर्दै शिक्षक कर्मचारीको पेशागत हितसँग जोडिएका विषयमा आफूहरुले नगरपालिकाको ध्यानाकर्षण गराएको बताउनु भयो ।
बाल विकास शिक्षक समूह बिर्तामोडकी अध्यक्ष बिन्दा बुढाथोकीले बाल विकासमा कार्यरत शिक्षकको विद्यालय सेवा अवधि कानुन बमोजिम निर्धारण गरिदिन पनि माग गरिएको बताउनु भयो । ‘अतिरिक्त सेवाबापत अतिरिक्त सुविधा पनि दिनुपर्छ भन्ने हाम्रो माग छ’, अध्यक्ष बुढाथोकीले भन्नुभयो ।
समितिले नगरपालिकाका कर्मचारीले मात्रै पाउँदै आएको इन्धन सुविधा आफूहरुले पनि पाउनु पर्ने माग राखेको छ । प्रविधिमैत्री शिक्षामा जोड दिँदै एक शिक्षक एक ल्यापटपको माग गरिएको समितिका अध्यक्ष कट्टेलले बताउनु भयो ।

शिक्षक कर्मचारीको ज्ञापनपत्र बुझ्दै मेयर पवित्रा महतारा प्रसाईले सीमित स्रोतसाधन परिचालन गरी अधिकतम् उपलब्धि हासिल गर्नुपर्ने परिस्थिति रहेको औँल्याउँदै सकेसम्म धेरै मागलाई सम्वोधन गरेर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समितिले मेयर प्रसाईसँगै उपमेयर नगेन्द्र संग्रौला, प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपाने र शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलाई पनि राखेर ज्ञापनपत्र बुझाएको हो ।