• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. विजनेस कर्नर
  3. सिलगुडी–चारआली पाइप लाइन निर्माणको लागत ११ अर्ब रुपैयाँ
 सिलगुडी–चारआली पाइप लाइन निर्माणको लागत ११ अर्ब रुपैयाँ
विजनेस कर्नर स्पीक कर्नर विशेष

सिलगुडी–चारआली पाइप लाइन निर्माणको लागत ११ अर्ब रुपैयाँ

by Speak ६ असार २०७९, सोमबार ०९:२०

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

झापा- भारत पश्चिम बंगालको सिलगुडीदेखि झापाको चारआलीसम्म आगामी आर्थिक वर्षमा अन्तरदेशीय पेट्रोलियम पाइप लाइन विस्तारको काम सुरु हुने भएको छ ।

गभर्नमेन्ट टुु गभर्नमेन्ट’ अर्थात जीटुुजी मोडेलमा पाइप लाइन विस्तारको काम सुरु गर्ने तयारी भएको हो । यसका लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जीटुुजी मोडेलमा पाइप लाइन निर्माण गर्न इण्डियन आयल कर्पाेरेसन (आईओसी) सँग प्रस्ताव पेस गरिएको बताउनुभयो ।

पाइप लाइन निर्माण कार्य अगाडि बढाउने विषयमा दुवै पक्षबीच छलफल गर्न इन्डियन आयल कर्पाेरेसनका उच्च अधिकारी यसैसाता नेपाल आउने भएका छन् ।

सिलगुडीदेखि चारआलीसम्म ५० किलोमिटर दूरीमा पाइप लाइन बनाउन लागिएको हो । भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १५ किलोमिटर दूरीमा पाइप लाइन विस्तार हुने निगमले जनाएको छ ।

सिलगुडी–चारआली पाइप लाइन निर्माणमा ११ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको कार्यकारी निर्देशक थानीले जानकारी दिनुभयो ।

मुलुकमा खपत हुने कुल इन्धनको १६ प्रतिशत प्रदेश १ मा खपत हुन्छ । निगमले यो क्षेत्रमा चाहिने पेट्रोलियम पदार्थ भारतको बरौनी र सिलगुडीबाट ढुवानी गर्दै आएको छ ।

सिलगुडीदेखि झापाको चारआलीसम्म पाइप लाइनबाट आउने पेट्रोलियम पदार्थ भण्डारण गर्न ४० हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न पनि प्रस्ताव गरिएको छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.