- पत्रकार निराैलाले जन्मदिनमा प्रेस चाैतारीलाई दिए ११ हजार
- झापामा हाडजाेर्नीका पाँचसय डाक्टरकाे सम्मेलन
- विद्यार्थीमाझ खुशी साट्दै मुद्रण उद्योग संघ झापाले मनायो १४ औँ स्थापना दिवस
- नील डेविड राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश
- सन्थाल गोल्डकपको लोगो सार्वजनिक
झापा- भारत पश्चिम बंगालको सिलगुडीदेखि झापाको चारआलीसम्म आगामी आर्थिक वर्षमा अन्तरदेशीय पेट्रोलियम पाइप लाइन विस्तारको काम सुरु हुने भएको छ ।
गभर्नमेन्ट टुु गभर्नमेन्ट’ अर्थात जीटुुजी मोडेलमा पाइप लाइन विस्तारको काम सुरु गर्ने तयारी भएको हो । यसका लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जीटुुजी मोडेलमा पाइप लाइन निर्माण गर्न इण्डियन आयल कर्पाेरेसन (आईओसी) सँग प्रस्ताव पेस गरिएको बताउनुभयो ।
पाइप लाइन निर्माण कार्य अगाडि बढाउने विषयमा दुवै पक्षबीच छलफल गर्न इन्डियन आयल कर्पाेरेसनका उच्च अधिकारी यसैसाता नेपाल आउने भएका छन् ।
सिलगुडीदेखि चारआलीसम्म ५० किलोमिटर दूरीमा पाइप लाइन बनाउन लागिएको हो । भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १५ किलोमिटर दूरीमा पाइप लाइन विस्तार हुने निगमले जनाएको छ ।
सिलगुडी–चारआली पाइप लाइन निर्माणमा ११ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको कार्यकारी निर्देशक थानीले जानकारी दिनुभयो ।
मुलुकमा खपत हुने कुल इन्धनको १६ प्रतिशत प्रदेश १ मा खपत हुन्छ । निगमले यो क्षेत्रमा चाहिने पेट्रोलियम पदार्थ भारतको बरौनी र सिलगुडीबाट ढुवानी गर्दै आएको छ ।
सिलगुडीदेखि झापाको चारआलीसम्म पाइप लाइनबाट आउने पेट्रोलियम पदार्थ भण्डारण गर्न ४० हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न पनि प्रस्ताव गरिएको छ ।















