- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
कनकाई- फक्ताङलुङ एजुकेशन फाउन्डेसनमा निर्वाचन शिक्षा कार्यक्रम आयोजना गरिएको छ । बालबालिकालाई निर्वाचन सम्वन्धी व्यवहारिक ज्ञान दिने उद्देश्य राखेर विद्यालयले निर्वाचन शिक्षा कार्यक्रम आयोजना गरेको हो ।
विद्यालयका प्रिन्सिपल ओमविक्रम नेम्वाङले सदन क्याप्टेन र भाइस क्याप्टेन छनौटको पूर्व सन्ध्यामा विद्यार्थीले निर्वाचन सम्वन्धी व्यवहारिक ज्ञान र सीप प्राप्त गरेको बताउनु भयो । ‘आफ्नो सदनको नेता छान्न विद्यार्थी आफैँ सक्षम छन्’, प्रिन्सिपल नेम्वाङले भन्नुभयो ।

कनकाई-७ दुर्गापुरमा रहेको फाउन्डेसनमा असार ८ गते सदनस्तरीय क्याप्टेन, भाइस क्याप्टेन छनौटका लागि विद्यार्थीले मतदान गर्दैछन् । कक्षा ३ देखि १० सम्मका तीन सय विद्यार्थी मतदान प्रक्रियामा सहभागी हुने प्रिन्सिपल नेम्वाङले बताउनु भयो ।

आफ्नो नेतृत्व आफैँ छान्न पाउने अवसर विद्यार्थीलाई दिइएको र यसका लागि निर्वाचनको विधि र प्रक्रिया अवलम्वन गरिन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङले बताउनु भयो । ‘आजैदेखि स्वच्छ निर्वाचन अभ्यास विद्यार्थीले सिक्दै जानुपर्छ’, अध्यक्ष नेम्वाङ भन्नुभयो ।

बाल क्लब अध्यक्ष सुभाष पौडेलको प्रमुख आतिथ्यमा भएको निर्वाचन शिक्षा कार्यक्रममा पत्रकार सुब्रत न्यौपाने र बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले सहजीकरण गर्नु भएको थियो ।
विद्यालयमा रहेका चार वटा सदनका लागि क्याप्टेन र भाइस क्याप्टेन गरी आठ जना निर्वाचित हुनेछन् । तर, त्यसका लागि १७ जना विद्यार्थीले उमेद्वारी दिएको बाल क्लवका अध्यक्ष पौडेलले बताउनु भयो ।
सहायक प्रिन्सिपल लक्ष्मी अधिकारीका अनुसार निर्वाचनको सबै विधि र प्रक्रियाको अधिकतम् पालना र प्रयोग गरी विद्यार्थीले सदनको नेतृत्व छान्न सक्ने व्यवस्था मिलाइएको छ ।