- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
दमक– भुटानी शरणार्थी नेता डा.भम्पा राईको आज बिहान निधन भएको छ । ७५ वर्षीय राईको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनकाे पाँच दिनअघि हर्नियाको शल्यक्रिया गरिएको थियो । शनिबार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
तत्काल दमकस्थित लाइफलाइन अस्पताल भर्ना गरिए पनि चिकित्सकहरुले त्यहाँबाट विराटनगर रिफर गरेका थिए । उपचारकै क्रममा उनको बिहान निधन भएको राईकी भाञ्जी गौरी राईले बताउनुभयो ।
तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका राई दुई वर्षअघि पत्नी उर्मिलाको निधन भएपछि दमकस्थित डेरामा एक्लै बस्दै आएका थिए ।
राईको पार्थिव शरीरको आइतबार किरात संस्कारअनुसार दमक नजिकैको पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपण आयाेजनाको जंगलमा अत्येष्टि गरिने जनाइएको छ ।
भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेट्दा आफ्नै इच्छाले नेपाल आएका थिए ।