- बिर्तामोडबाट ९० वर्षीय साहु र ४२ वर्षीया मियाको उद्धार
- कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना
- कोशीमा जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा ६ जनाको मृत्यु
- कोशीमा एमाले-नेकपा भागबन्डा पेचिलो
- झापामा एक वर्षमा २४ हजार चालक कारबाही
बिर्तामोड– लामखुट्टे नष्ट गर्न बिर्तामोड नगरपालिकाले औषधि छर्किन थालेको छ । डेंगु लगायतका रोग नियन्त्रणका लागि नगरपालिकाले लामखुट्टेविरुद्ध औषधि छर्किन थालेको हो ।
शनिवारदेखि बिर्तामोडको वडा नम्वर–१ बाट लामखुट्टेको लार्भा नष्ट गर्न औषधि छर्किन थालिएको मेयर पवित्रा महतारा प्रसाईले बताउनुभयो । असार १७ गते सम्ममा औषधि छर्किन तालिम प्राप्त २५ जनाको टोली परिचालन गरिएको छ ।
वडाध्यक्ष अग्निप्रसाद पाण्डेका अनुसार खटिएको प्राविधिक टोलीले टोल विकास संस्थाका पदाधिकारी र वडाका जनप्रतिनिधिसँग समन्वय गरी औषधि छर्किने छ । वडागत रुपमा औषधि छर्किने नगरेको योजना छ ।


















