- खयरडाँगीबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
- न्यायाधीशहरूबारे सामाजिक सञ्जालमा जथाभावी नबोल्न सर्वोच्चको चेतावनी
- सर्वोच्चद्वारा रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश सदर
- महतको स्मृतिमा अक्षय कोष स्थापना गर्ने प्रेस चौतारीको निर्णय
- मनसुनसँगै डेंगुको जोखिम बढ्ने प्रक्षेपण
बिर्तामोड– लामखुट्टे नष्ट गर्न बिर्तामोड नगरपालिकाले औषधि छर्किन थालेको छ । डेंगु लगायतका रोग नियन्त्रणका लागि नगरपालिकाले लामखुट्टेविरुद्ध औषधि छर्किन थालेको हो ।
शनिवारदेखि बिर्तामोडको वडा नम्वर–१ बाट लामखुट्टेको लार्भा नष्ट गर्न औषधि छर्किन थालिएको मेयर पवित्रा महतारा प्रसाईले बताउनुभयो । असार १७ गते सम्ममा औषधि छर्किन तालिम प्राप्त २५ जनाको टोली परिचालन गरिएको छ ।
वडाध्यक्ष अग्निप्रसाद पाण्डेका अनुसार खटिएको प्राविधिक टोलीले टोल विकास संस्थाका पदाधिकारी र वडाका जनप्रतिनिधिसँग समन्वय गरी औषधि छर्किने छ । वडागत रुपमा औषधि छर्किने नगरेको योजना छ ।