१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

समाजसेवी खनालद्वारा जन्मदिनमा पत्रकारको कोषलाई एकलाख




बिर्तामोड- शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२ औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गर्नु भएको छ ।

शनिबार आफ्नै निवासमा आयोजित संक्षिप्त कार्यक्रमका वीच शिक्षासेवी खनाल र उनकी श्रीमती बुध खनालले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकमको चेक प्रदान गर्नु भएको हो ।

खनाल दम्पत्तिले गत फागुन २४ गते आफ्नो विवाहको ६० औं वर्षगाँठ समारोहमा पत्रकार सहारा उपचार कोषलाई उक्त सहयोगको घोषणा गर्नु भएको थियो ।

खनाल बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयका संस्थापक हुनुहुन्छ । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषमा हालसम्म ६० लाख रुपैयाँ रकम जम्मा भइसकेको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार ००:००  ८ : ३९ बजे