- भर्खरै : पेट्रोलियम पदार्थको मूल्य घट्यो
- भर्खरै : झापाको सतासीधाममा दुर्घटना हुँदा एक जनाको मृत्यु
- बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
- पथरी शनिश्चरेमा दुर्घटना हुँदा युवकको मृत्यु
- इखरीपाटीको शुभारम्भ
बिर्तामोड– साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडले नगरपालिकासँगकाे सहकार्यमा आज विद्यालयस्तरीय खुला कविता तथा निबन्ध प्रतियोगिता आयोजना गरेकाे छ ।
विभिन्न विद्यालयका विद्यार्थीकाे सहभागितामा प्रतिष्ठानले प्रतियोगिता आयोजना गरेको हाे । प्रतियाेगितामा ११ वटा विद्यालयका विद्यार्थी सहभागी भएका छन् ।
बालबालिकामा रहेकाे प्रतिभा उजागर गर्दै उनीहरुलाई थप सिर्जनशील बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङगेलले बताउनुभयो ।
साहित्यकार पून्यप्रसाद खरेलकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राज्ञ सभा सदस्य शुभद्रा अर्याल, साहित्यकारहरु राजेन्द्र सङ्गाैला र कुमार भट्टराई, साहित्य चाैतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ ।
प्रतियोगितामा कवितातर्फ बीर अमरसिंह माबि विर्तामोड–२ का छात्र प्रकाश निरौला प्रथम, महेन्द्ररत्न मावि अनारमनीका घनश्याम कार्की दोस्रो र बाल्मिकी एजुकेशन फाउण्डेसनकी शितोष्णा तिम्सिना तेस्रो र न्युटन एजुकेसनका कृष प्रसाई सान्त्वना भएका छन् ।
निबन्धतर्फ महेन्द्र रत्न अनारमनीकी छात्रा तृष्णा भट्टराई प्रथम, बाल्मिकी एजुकेशन फाउण्डेसनकी मनिका भण्डारी दोस्रो, मोहनमाया माविकी पूजा पुरी तेस्रो र देवी माविकी रोजु भण्डारी सान्त्वना भएका छन् ।
उनीहरुलाई नगदहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीलाई मुना प्रसाईले स्वागत र जीवन खँड्काले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा साहित्यकारहरुले कविता, गजल प्रस्तुत गर्नुका साथै नृत्य समेत प्रस्तुत गरिएको थियो ।