
बिर्तामोड नगरपालिकाप्रति झापा गोल्डकपका अध्यक्ष बस्नेतको आक्रोश
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
झापा- बिर्तामोड नगरपालिका लगायतका केही स्थानीय तहले झापा गोल्डकपलाई असहयोग गरेकोप्रति गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले आक्रोश व्यक्त गर्नु भएको छ ।
झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई सम्मान गर्न आज आयोजित कार्यक्रममा अध्यक्ष बस्नेतले बिर्तामोड नगरपालिकाले गोल्डकपलाई सिधैँ उपेक्षा गरेको बताउनु भएको हो ।
‘बिर्तामोड नगरपालिकाले पाँचलाख रुपैयाँ दिन्छु भनेर पनि दिएन’, अध्यक्ष बस्नेतले भन्नुभयो, ‘मेयर ध्रुव शिवाकोटीले सहयोग गर्ने बचन दिनु भयो । तर, पैसा दिन मान्नु भएन ।’
‘रंगशाला भए पनि प्याराफित छैन । बासँको बनाएर भए पनि गोल्कडप गरिरहेका छौँ । यो सरकारलाई चुनौति हो । हामीले चुनौति दिइरहेका छौँ ।’
अध्यक्ष बस्नेत
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता भइरहँदा पनि नगरपालिकाबाट सहयोग नपाइनु दुःखद भएको अध्यक्ष बस्नेतको टिप्पणी छ ।
उहाँले खेलको विकासका लागि स्थानीय सरकारको चासो नभएको बताउँदै कार्यकर्ता पोस्ने ढंगबाट मात्र बजेट बिनियोजन हुने गरेको आरोप लगाउनु भयो ।
अध्यक्ष बस्नेतले एउटा ब्राण्डका रुपमा झापा गोल्डकप स्थापित भएको बताउँदै यसको विकास र प्रवद्र्धनका लागि सबैको साझा सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।