- पत्रकार निराैलाले जन्मदिनमा प्रेस चाैतारीलाई दिए ११ हजार
- झापामा हाडजाेर्नीका पाँचसय डाक्टरकाे सम्मेलन
- विद्यार्थीमाझ खुशी साट्दै मुद्रण उद्योग संघ झापाले मनायो १४ औँ स्थापना दिवस
- नील डेविड राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश
- सन्थाल गोल्डकपको लोगो सार्वजनिक
झापा– मनसुन सुरु भएँगै परिरहेको पानीका कारण नदी तथा खोलाको बहाव बढ्न सुरु भएको छ ।
पूर्वी नेपालका नदी तथा खोलामा अन्य क्षेत्रको तुलनामा बहाव धेरै बढेको छ ।
पाँचथरस्थित तमोर नदी माझिटारमा जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सो क्षेत्रमा यसअघि नै एसएमएस अलर्ट पठाइसकिएको विभागले जनाएको छ । उक्त नदीको तटीय क्षेत्रमा बस्नेलाई सतर्क हुन पनि विभागले आग्रह गरेको छ ।
यस्तै, ताप्लेजुङ्गको काबेली नदीमा पनि जल सतहले सतर्कता तह पार गरेको छ ।
बहाव बढ्दो क्रममा रहेकोले काबेली र तमोर नदीको तटीय क्षेत्रमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।















