१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

काँकडभिट्टाका विजय श्रेष्ठको रेलको ठक्करबाट मृत्यु



काँकडभिट्टा – नेपाल-भारत सीमाको पानीट्यांकीमा रेलकाे ठक्करबाट एकजना नेपालीको मृत्यु भएको छ ।

मेचीनगर-६ काँकडभिट्टाका ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको हाे ।

भारतको बिहार राज्यबाट पश्चिम बंगालतर्फ जाँदै गरेको रेलले श्रेष्ठलाई नेपाली समयअनुसार आज साँझ ८.१० बजे ठक्कर दिएको थियो ।

घटनालगत्तै भारतीय प्रहरीले इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई घटनाका बारेमा अवगत गराएको थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार ००:००  १० : २१ बजे