- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
बिर्तामाेड– नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा जिल्ला इन्चार्ज अग्नि खरेलले बाहिरी प्रभावमा परेर अर्थमन्त्रीले बजेट निर्माणमा आर्थिक अपराध गरेको बताउनुभएको छ ।
आज आफ्नै निवास झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खरेलले राजीनामाले मात्रै अर्थमन्त्रीकाे अपराध क्षम्य नहुने बताउनु भएको हो ।
‘राजीनामाले मात्रै अर्थमन्त्रीको अपराध क्षम्य हुँदैन । यो आर्थिक अपराध हाे’, नेता खरेलले भन्नुभयो, ‘बजेट निर्माणमा अपनाउनु पर्ने सामान्य गोपनीयता समेत नअपनाउनुलाई सामान्य रूपमा लिन सकिँदैन ।’
विज्ञका नाममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालयमा लगेर राजस्वका दर हेरफेर र परिमार्जन गरेको विषय सार्वजनिक भएपछि अर्थमन्त्री जनार्दन शर्मा थप विवादमा छन् ।
अर्थमन्त्रीको विषयलाई लिएर राजीनामा माग्दै नेकपा एमालेले संसद अबरुद्ध गरिरहेका बेला एमाले स्थायी कमिटी सदस्य खरेलले मन्त्रालयका विज्ञ कर्मचारीको समूहबाट अर्थमन्त्रीको कदमको बिरोध नहुनु आश्चर्यजनक भएको टिप्पणी गर्नुभयो ।