- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
झापा- राष्ट्रिय सहकारी बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यले पाउने रकम बाँडफाँड गरेको छ । कोषबाट एउटै सदस्यले करिब ५७ लाखसम्म रकम प्राप्त गरेको बैँकले जनाएको छ ।
सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण गरेको हो ।
सदस्य संघसंस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा रकम वाँडफाँड गर्ने व्यवस्था छ ।
कुल १७ करोड ७१ लाख ७४ हजार २ सय १९ रुपैयाँ ५७ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।
संरक्षित पूँजी फिर्ता कोषबाट ५० हजार भन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ÷संस्थाहरु ६९९ रहेका छन् । हाल बैंकमा १५ हजार भन्दाबढी सहकारी संघ संस्था सदस्य छन् ।
यसअघि बैंकले आफ्ना सदस्य सहकारी संस्थाहरुलाई १५ प्रतिशत लाभांश वापतको रकम साधारण सभा सम्पन्न गरेको दिन गत पुस ३० गते वितरण गरेको थियो ।