१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

बिर्तामोडमा नगर विकास योजना सम्वन्धी कार्यशाला



बिर्तामोड- बिर्तामोड नगरपालिकामा बुधवारदेखि आवधिक नगरपालिका विकास योजना र योजना प्राथमिकीकरण सम्वन्धी तीनदिने कार्यशाला सुरु भएको छ । मेयर, उपमेयर र वडाध्यक्षसहितको सहभागितामा कार्यशाला सुरु भएको हो ।

कार्यशालाको उद्घाटन गर्दै मेयर पवित्रा महतारा प्रसाईले बिर्तामोडको दीगो विकासका लागि प्रारम्भिक योजना बनाएर अगाडि बढ्न लागिएको बताउनु भयो ।

‘दीगो विकासको परिकल्पना गरेर काम अगाडि बढाउने योजना अनुसार आवधिक योजना निर्माणमा जुटेका छौँ’, मेयर प्रसाईले भन्नुभयो ।

उपमेयर नगेन्द्र संग्रौलाले भ्रष्टाचाररहित नगरका रुपमा बिर्तामोडलाई विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफूले भ्रष्टाचार गर्ने र कसैलाई गर्न पनि नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, राप्रपा नगर कमिटी अध्यक्ष रञ्जु प्याकुरेलले बोल्नु भएको थियो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार ००:००  ५ : १० बजे