- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रादेशिक संरचना तत्काल खारेज गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज २२ बुँदे ज्ञापनपत्र बुझाउँदै राप्रपाले प्रदेश खारेज गर्न माग गरेकाे हाे ।
राप्रपाले प्रदेश खारेज गर्न र अभिभावकीय संस्थाको रुपमा राजा राख्ने व्यवस्था गर्न माग गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो ।
अध्यक्ष लिङ्देनसहित राप्रपा नेताहरुले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर २२ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा अभिभावकीय संस्थाको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने माग अगाडि सारिएको छ ।
प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा संसदको निर्वाचन पूर्ण समानुपातिक रुपमा गराउन, धर्म निरपेक्षता खारेज गरी नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र घोषणा गर्न पनि माग गरिएको छ ।
















