- ‘हामी आउँदैछौं’ अभियानमा रास्वपा, स्थानीय तह निर्वाचन लक्षित परिचालन
- चारपाने युनाइटेड सेमिफाइनलमा
- भोटेकोशी -त्रिशूलीको खोज तथा उद्धार स्थगि
- पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
- बाढीपीडितका लागि झापाका निजी विद्यालयले जुटाए १ करोड ८ लाख
झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रादेशिक संरचना तत्काल खारेज गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज २२ बुँदे ज्ञापनपत्र बुझाउँदै राप्रपाले प्रदेश खारेज गर्न माग गरेकाे हाे ।
राप्रपाले प्रदेश खारेज गर्न र अभिभावकीय संस्थाको रुपमा राजा राख्ने व्यवस्था गर्न माग गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो ।
अध्यक्ष लिङ्देनसहित राप्रपा नेताहरुले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर २२ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा अभिभावकीय संस्थाको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने माग अगाडि सारिएको छ ।
प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा संसदको निर्वाचन पूर्ण समानुपातिक रुपमा गराउन, धर्म निरपेक्षता खारेज गरी नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र घोषणा गर्न पनि माग गरिएको छ ।



















