- सर्वोच्चद्वारा निर्वाचन आयोगको निर्णय सदर : गगन समूहलाई आधिकारिकता
- शनिबार र आइतबार अस्पतालमा सार्वजनिक बिदा
- भर्ना र पठनपाठन आफ्नै निर्णय अनुसार गर्न स्थानीय तहलाई सर्कुलर
- बिर्तामोड चिल्ड्रेन अस्पतालमा बैशाख ७ देखि निःशुल्क स्वास्थ्य शिविर
- रास्वपाले मन्त्री र सांसदका लागि मासिक लेबी तोक्यो
बिर्तामोड– राप्रपाले बढ्दो महंगी, भ्रष्टाचार र कुशासनको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । महंगीको मारमा परेका जनताको मनोभावना बुझ्न नसकेको जनाउँदै राप्रपाले देशव्यापीरुपमा सरकारलाई एकसाथ खबरदारी गरेको हो ।
राप्रपाका नेता कार्यकर्ताले सरकारको कार्यशैलीको तीव्र आलोचना गर्दै आज ७६ वटा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । झापामा पनि आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।

राप्रपा झापाका अध्यक्ष केशव ओझा नेतृत्वमा गएको नेता कार्यकर्ताको समूहले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाउँदै सरकारलाई खबरदारी गरेको राप्रपा बिर्तामोड नगर कमिटी अध्यक्ष रञ्जु प्याकुरेलले बताउनु भयो ।
ज्ञापनपत्र बुझाउनुअघि राप्रपा नेता कार्यकर्ताले सदरमुकाममा सरकारविरुद्ध नाराबाजी गरेका थिए । राप्रपाले किसानलाई तत्काल मल बीउ उपलब्ध गराउन माग गरेको छ ।
कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र नीति कायम गरिनु पर्नेमा राप्रपाले जोड दिएको छ । उसले इन्धन र खाना पकाउने एलपी ग्यासमा भइरहेको मूल्यबृद्धि अविलम्व रोक्नु पर्ने जनाएको छ ।
















