
जग्गा धितो राखेर कर्जा लिन प्रतिबन्ध
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
झापा- वर्गीकरण नगरिएको जग्गा कुनै पनि बैंक तथा वित्तीय संस्थामा धितो जमानी राख्न नपाइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।
भूउपयोग नियमावली, २०७९ अनुसार चार किल्ला खुलाई जग्गाको वर्गीकरण नगरेसम्म धितो राख्न नपाइने व्यवस्था सरकारले गरेको हो ।
जेठ २७ को मन्त्रीस्तरीय निर्णयमार्फत राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई मन्त्रालयले पत्राचार गरेको छ।
मन्त्रालयको पत्र पाएपछि मालपोत कार्यालयहरूले जग्गा दृष्टिबन्धक राख्न बन्द गरेका छन् । यसबाट बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह हुने कर्जा पनि प्रभावित भएको छ ।