- भर्खरै : पेट्रोलियम पदार्थको मूल्य घट्यो
- भर्खरै : झापाको सतासीधाममा दुर्घटना हुँदा एक जनाको मृत्यु
- बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
- पथरी शनिश्चरेमा दुर्घटना हुँदा युवकको मृत्यु
- इखरीपाटीको शुभारम्भ
झापा- नेकपा एमालेको अनुशासन आयोगले पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ ।
मंगलबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भूसालको अभिव्यक्ति कारबाही योग्य भएको जनाउँदै यसअघि आयोगको सचिवालयले गरेको निर्णयलाई अनुमोदन गरेको हो ।
आयोगका अध्यक्ष केशव बडालले जेठ १८ गते अनुशासन आयोगको सचिवालय बैठक राखेर भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गर्नु भएको थियो ।
नेता भूसालले हिमालय टेलिभिजनसँगको एउटा अन्तर्वार्तामा स्थानीय तह निर्वाचनमा पार्टी हारको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने अभिव्यक्ति दिनु भएको थियो ।