१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

कार्यालय समय पुरानै कायम




झापा- सरकारी कार्यालयको कार्यालय समय पुन १० देखि ५ बजेसम्म कायम गरिएको गृह मन्त्रालयले जनाएको छ ।

असार १ गतेबाट साताको एक दिन मात्रै बिदा कायम गर्दै सरकारले कार्यालय समय पुनः १० देखि ५ बजेसम्म निर्धारण गरेको हो ।

यसअघि घोषित दुई दिने बिदाको निर्णयमा कार्यालय समय ९.३० देखि ५.३० सम्म कायम गरिएको थियो । आइतवारको बिदा कटौती गरिएपछि कार्यालय समय साविक अनुसार निर्धारण गरिएको छ ।

मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई खारेज गर्दै पुनः पुरानै कार्यालय समय कायम गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार ००:००  ८ : ४३ बजे