- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
झापा- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी एमाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा तयारीमा जुटेको छ । स्थानीय तह निर्वाचन र जिल्ला समन्वय समितिमा कमजोर परिणाम बेहोरेको एमाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी आन्तरिक गृहकार्यमा जुटेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीमा जुट्न निर्देशन दिइसकेका छन् । अध्यक्ष ओलीको निर्देशनसँगै पार्टीको विभिन्न तहको बैठक बस्ने र आगामी रणनीतिमा केन्द्रित भएर छलफल सुरु भएको छ ।
‘अध्यक्ष कमरेडले स्थानीय चुनावमा घेराबन्दीका बाबजुद पार्टीले लोकप्रिय पहिलो मत प्राप्त गरेकाले त्यसमा उभिएर आगामी निर्वाचनबाट बहुमत प्राप्त गर्ने गरी काममा खट्न निर्देशन दिइसक्नुभएको छ,’ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन् । राजधानी दैनिकमा खबर छ ।