- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
- सत्ता सहकार्यको सहमति : तीन प्रदेश एमाले र दुई प्रदेशमा माओवादी नेतृत्वमा सरकार
बिर्तामोड-संखुवासभाको खाँदबारीस्थित वरुण मल्टिपल कलेज प्रदेशस्तरीय सूर्योदय क्वीज सिजन–६ को विजेता बनेको छ । जनता मल्टिपल कलेज इटहरीलाई पछाडि पार्दै वरुण मल्टिपल क्वीज च्याम्पियन बनेको हो ।
प्रतियोगितामा जनता मल्टिपल कलेज इटहरी दोस्रो र दमकको मोडल क्याम्पस तेस्रो भएका छन् । लिग राउण्ड, सेमिफाइनल राउण्ड हुँदै प्रदेशभरिका एकसय भन्दाबढी बिद्यालय तथा कलेज प्रतियोगितामा सहभागी थिए ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेश्रो हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगदसहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको छ ।
सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेती, प्रबन्ध निर्देशक बिष्णु मैनाली उप्रेती, मेनेजर आशिष उप्रेतीले संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको हो ।
प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पबित्रा महतारा प्रसाईंले प्रतिस्पर्धाले विद्यार्थीको अध्ययनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
फाइनल कार्यक्रममा द भोइस अफ किड्समा उपविजेता बनेकी अनुजा कडरिया र गायक रमेशजंग कडरियाले पनि आफ्नो प्रस्तुति देखाएका थिए ।


















