- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
बिर्तामोड-संखुवासभाको खाँदबारीस्थित वरुण मल्टिपल कलेज प्रदेशस्तरीय सूर्योदय क्वीज सिजन–६ को विजेता बनेको छ । जनता मल्टिपल कलेज इटहरीलाई पछाडि पार्दै वरुण मल्टिपल क्वीज च्याम्पियन बनेको हो ।
प्रतियोगितामा जनता मल्टिपल कलेज इटहरी दोस्रो र दमकको मोडल क्याम्पस तेस्रो भएका छन् । लिग राउण्ड, सेमिफाइनल राउण्ड हुँदै प्रदेशभरिका एकसय भन्दाबढी बिद्यालय तथा कलेज प्रतियोगितामा सहभागी थिए ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेश्रो हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगदसहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको छ ।
सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेती, प्रबन्ध निर्देशक बिष्णु मैनाली उप्रेती, मेनेजर आशिष उप्रेतीले संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको हो ।
प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पबित्रा महतारा प्रसाईंले प्रतिस्पर्धाले विद्यार्थीको अध्ययनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
फाइनल कार्यक्रममा द भोइस अफ किड्समा उपविजेता बनेकी अनुजा कडरिया र गायक रमेशजंग कडरियाले पनि आफ्नो प्रस्तुति देखाएका थिए ।