- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
झापा- चिनीको मूल्य बढेको छ । ९० रुपैयाँ प्रतिकिलोको चिनीको मूल्य बढेर ११० रुपैयाँ पुगेको हो । यसअघि सय रुपैयाँ प्रतिकिलोमा चिनी बिक्री भइरहेको थियो ।
भारतले चिनी निर्यात रोकेपछि त्यसको सीधा प्रभाव नेपाली बजारमा छ । जेठ १८ बाट लागू हुने गरी भारतले चिनी निर्यातमा रोक लगाएको थियो । आन्तरिक खपत धान्न मुस्किल परेपछि भारतले चिनी निर्यात रोक्ने निर्णय गरेको हो ।
नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरु मूल्य बढाउन बाध्य भएको बताउनु भयो । ‘उद्योगीले मूल्य बढाएपछि हामीले मात्रै के गर्नु र ?’, उहाँले भन्नुभयो ।
भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा चिनीको मूल्य प्रतिकिलो दुईदेखि तीन रूपैयाँ गर्दै बढाइएको थियो । सरकारी अनुगमनको अभावमा उद्योगीले चिनीको मूल्य बढाएर लुट मच्चाउन खोजेको बिक्रेता बताउँछन् ।
‘उद्योगीले जे गरे पनि सरकार रमिता हेरिरहन्छ’ एक जना बिक्रेताले भने, ‘उपभोक्ता र अधिकारीवादी संस्था हामीसँग रिसाउँछन् । तर दाम बढाउने कुरा हाम्रो नियन्त्रणमा छैन् ।
‘भारतबाट चिनी आयात गर्ने बेलामा उद्योगीले आन्तरिक उत्पादनले धान्ने भन्दै आयात गर्न रोकेका थिए । अब फेरि चिनी ल्याउँदा उपभोक्ता मूल्य अझै बढ्ने निश्चित भएको छ ।
११ महिनाको समीक्षा अवधिमा चिनीको खुद्रा मूल्य ११० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघकी तथ्यांक अधिकृत ज्योती थापाले बताउनु भयो ।
नेपाल चिनी उद्योग संघले भने ८१ रुपैयाँ किलोमा चिनी बिक्री भइरहेको जनाएको छ । संघका उपाध्यक्ष राजकुमार अग्रवालले लागत अनुसार चिनीको मूल्य बढ्नु स्वभाविक भएको बताउनु भयो ।
अग्रवालका अनुसार ४० टन चिनी अहिले पनि स्टक छ । भन्सार विभागका अनुसार वैशाख अन्तिमसम्म नेपालमा ४ अर्ब ८३ करोड रुपैयाँको ९ करोड ४८ लाख किलो चिनी नेपाल भित्रिएको छ ।
‘