१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

बिर्तामाेडका सहकारीकर्मीलाई काेपाेमिस तालिम



झापा– बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (copomis) तालिम सुरु भएको छ ।

सहकारी क्षेत्रकाे सूचना एवम् तथ्याङ्कको एकीकृत व्यवस्थापनका लागि तालिम आयोजना गरिएको हो ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले सहकारीमा भएका अनेकौं जोखिम हटाउनका लागि तालिम महत्वपूर्ण हुने बताउनुभयो ।

सहकारी अधिकृत डिल्ली दाहालका अनुसार तालिममा विभिन्न सहकारी संस्थाका ३० जना प्रतिनिधि सहभागी छन् । उनीहरुलाई दुईवटा सिफ्टमा तीन दिन तालिम दिने व्यवस्था मिलाइएको छ ।

कार्यक्रममा बोल्दै विराट बहुउदेश्य सहकारी संस्थाका कार्यकारी प्रमुख रुद्र सिटाैलाले एक सहकारी एक सदस्यकाे नीतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

तालिममा सहभागीलाई बिर्तामोड नगरपालिकाकाे आइटी अफिसर जयराम चौलागाईंले तालिम दिइरहनुभएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार ००:००  १२ : ४७ बजे