- सरोज ओली स्मृतिग्रन्थ प्रकाशित
- जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- मोरङमा चालक सुध्रिए : कारवाही न्युन !
- सिएम शर्मालाई डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार
- एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ : केपी ओली
बिर्तामोड– सवारी दुर्घटनामा परी सहकारीकर्मी ईश्वरीप्रसाद खरेलको निधन भएको छ । झापाको बिर्ताबजार स्थायी घर भएका खरेल कर्णाली बचत तथा ऋण सहकारी संस्थामा उपाध्यक्ष हुनुहुन्थ्यो ।
कर्णाली सहकारीका पदाधिकारी चढेको स्कोर पियो साँझ ६ बजेतिर हर्कटेमा बाटोभन्दा तल झरेको सहकारीका कर्मचारी तारा राईले बताउनु भयो ।
दुर्घटनामा सहकारीका अध्यक्ष टीएस प्रधान, कोषाध्यक्ष एकराज विष्ट, सदस्य गणेश पराजुली लगायत घाइते भएका छन् । उनीहरुको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । गाडीमा ६ जना सवार रहेका थिए ।


















