एमाले नेता भट्टराईद्वारा मेयर उपमेयरलाई बधाई
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड- नेकपा एमालेका नेता योगेश भट्टराईले बिर्तामोड नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरलाई बधाई तथा शुभकामना दिनु भएको छ ।
प्रतिनिधिसभा सदस्य भट्टराईले शुक्रवार नगरपालिकाको कार्यालयमा आएर मेयर पवित्रा महतारा प्रसाई र उपमेयर नगेन्द्रप्रसाद संग्रौलालाई बधाई तथा शुभकामना दिनु भएको हो ।

नेता भट्टराईले बिर्तामोडको विकास र समृद्धिका लागि रचनात्मक ढंगले काम गर्न निर्वाचित नेतृत्वलाई सुझाव पनि दिनुभयो । सांसद भट्टराईले नगरको विकासका लागि आफूले सदैव सहयोग गर्ने दृढता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, समाजसेवी गोपाल लकान्द्री लगायतको उपस्थिति रहेको थियो ।

पूर्वमन्त्री समेत रहनु भएका भट्टराईलाई नगरपालिकाका कर्मचारीले स्वागत गरेका थिए ।