- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
गरामनी- बिर्तामोड नगरपालिकाले आज किसानलाई ४५ वटा बाख्रा वितरण गरेको छ । वडानम्वर–८ को किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समूहमा आवद्ध किसानलाई नगरपालिकाले बाख्रा वितरण गरेको हो ।
समूहका १५ जना किसानलाई तीनवटाका दरले बाख्रा वितरण गरेको पशुपंक्षी तथा मत्स्य विकास शाखाले जनाएको छ ।
बाख्रा वितरण गर्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले किसानलाई आत्मनिर्भर बनाउँदै जीविकोपार्जनमा सघाउने उद्देश्य रहेको बताउनु भयो ।
मेयर पकेट बाख्रा साटासाट कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले पनि बाख्रा वितरण गर्नुभयो ।
यसअघि वडा नम्बर–७ को श्रीजंघा बाख्रापालन कृषक समूह र हरियाली बाख्रापालन समूहले आफ्नो दायित्व अनुसार बाख्रा फिर्ता गरेका थिए । उपप्रमुख संग्रौलाले उन्नत जातको घाँस लगाउन किसानलाई आग्रह गर्नुभयो ।
पशुपंक्षी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्राकुमारी दाहालका अनुसार नगरपालिकाले पछिल्लो पाँच वर्षमा पाँचसय वटा बाख्रा वितरण गरिसकेको छ ।