१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

नेपालले बेच्न थाल्यो दैनिक सात करोडको बिजुली




झापा- नेपाल विद्युत् प्राधिकरणले भारतलाई ३६४ मेगावाट बिजुली निर्यात गर्ने भएको छ । भोलिदेखि ३६४ मेगावाट बिजुली निर्यात हुन लागेको प्राधिकरणको प्रणाली सञ्चालन विभागका निर्देशक सुरेश भट्टराईले बताउनु भयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङका अनुसार दैनिक रुपमा औसतमा सात करोड रुपैयाँको बिजुली निर्यात भइरहेको छ ।

मनसुन सुरु भएपछि दैनिक रुपमा बिजुली उत्पादन भइरहेको छ । आन्तरिक खपतसँगै प्राधिकरणले बिजुली बेच्न थालेको हो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार ००:००  २ : ५९ बजे