प्रतिदिन दैनिक १५ औँ वर्षमा

सडक खन्न र भत्काउन प्रतिवन्ध


झापा- सरकारले असार १ देखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन प्रतिबन्ध लगाएको छ । वर्षा याममा सडक खन्दा थप बिग्रिने भन्दै सडक विभागले यस्तो प्रतिवन्ध लगाएको हो ।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने भन्दै विभागले सबै सडक डिभिजन कार्यालयलाई निर्णय लागू गराउन भनेको हो ।

कसैले जबर्जस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि सो कार्यालयले जनाएको छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *