७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जनता समाजवादी फूटको नजिक




झापा- एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय लिएपछि सत्ता गठबन्धनका अन्य दलहरूभित्र पनि मन्त्री हेरफेरको दबाब बढेको छ । जनता समाजवादी पार्टी त फुटकै नजिक पुगेको छ । यद्यपि, नेताहरू भने त्यसलाई अस्वीकार गर्छन् ।

जसपाका एक नेताका अनुसार पार्टीबाट मन्त्रीहरू हेरफेर हुँदा मात्र पार्टी जोगिने सम्भावना छ । तर, अध्यक्ष उपेन्द्र यादव तत्काल पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू पठाइहाल्ने पक्षमा छैनन् ।

जसपाका नेता तथा सांसद प्रमोद साह पनि पार्टी एक भएर चुनावसम्म जाने दाबी गरे । उनले भने, ‘हामी गठबन्धनमा रहेर चुनावसम्म जान्छौँ । अरू धेरै कुरा सोच्नुपरेन ।’

यादव सकभर आगामी निर्वाचनसम्म अहिलेकै मन्त्रीहरूलाई निरन्तरता दिने पक्षमा छन् । अध्यक्ष यादवले ६ महिनामा मन्त्री हेरफेर गर्ने बताए पनि अहिले वास्ता नगरेको असन्तुष्ट पक्षहरूको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार ००:००  ९ : १६ बजे