- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
झापा- प्रहरी महानिरीक्षक नियुक्तिप्रति असन्तुष्टि जनाउँदै लामो समय बिदा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले माग गरेको थप बिदा अस्वीकृत भएपछि उनीमाथि हाजिर हुन वा राजीनामा दिनुपर्ने दबाब बढेको छ ।
हाजिर हुँदा आफैँले अस्वीकार गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका महानिरीक्षक धिरजप्रताप सिंहलाई स्वीकार गरेको अर्थ लाग्ने हुनाले यी दुई विकल्पमध्ये के रोज्ने भन्ने उनले निक्र्यौल गरिसकेका छैनन् ।
सरकारले आफूभन्दा जुनियरलाई आईजीपी नियुक्त गरेकोमा असन्तुष्टि जनाउँदै उनले तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीबाट १८ वैशाखमा एक महिनाको बिदा स्वीकृत गरेका थिए ।
त्यसको भोलिपल्ट उनले आईजीपी नियुक्तिप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
उनले १९ वैशाखदेखि लागू हुनेगरी एकमहिने बिदा लिएकोमा सार्वजनिक बिदासमेत जोड्दा मंगलबार सकिएकोमा बुधबारदेखि लागू हुनेगरी १० दिन बिदा माग गरेका थिए ।
थप १० दिनका लागि मागेको बिदा आईजीपी सिंहले अस्वीकृत गरिदिएका हुन् । आईजीपी सिंहले उनलाई तत्काल हाजिर हुन लिखित निर्देशनसमेत दिएका छन् ।
आईजीपीको निर्देशनअनुसार अब पोखरेलले विभागीय कारबाहीबाट जोगिन हाजिर हुनुको विकल्प छैन । निर्देशन अवज्ञा गर्दै हाजिर नभएको अवस्थामा उनीमथि कुनै पनि बेला विभागीय कारबाही हुन सक्छ ।
















